अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टीट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।
नेपालको टीट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् । नेपाल एकदिवसीय वरीयतामा १७ औं स्थानमा रहेको छ ।
टीट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् । खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७१ औं स्थानमा रहेका छन् । पूर्व कप्तान पारसको वरीयता सुधार भएको हो । यस्तै नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने बलिङतर्फ ८० औं स्थानमा रहेका छन् ।