आर्मीले एएफसी कपको प्लेअफमा श्रीलंका पुलिससँग खेल्ने - Pahilo Online

आर्मीले एएफसी कपको प्लेअफमा श्रीलंका पुलिससँग खेल्ने

writer

काठमाडौं । भर्खरै एएफसी लाइसेन्स पाएको नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्ले अफमा आर्मीले श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो ।

आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ । तर, खेलस्थल तोकिएको छैन । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् । समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो । सहिद स्मारक ’ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes