(पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनिको विजयी सुरुवात - Pahilo Online

(पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनिको विजयी सुरुवात

writer

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।

लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८० रन मात्र बनाउन सक्यो । प्रदेश २ का विवेक यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीको हार टार्न सकेनन् । यस्तै सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए ।

त्यस्तै हरिशंकर साहले २२ रन जोड्नु बाहेक प्रदेश २ का अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २र२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे ।

प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए । जितसंगै समूह ’बी’ को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । प्रदेश २ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes