बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय - Pahilo Online

बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय

writer

काठमाडौं । नेपाल भलिबल संघले काठमाडौंको बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको भलिबल संघको कार्यकारी समितिको बैठकले बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल बनाउने निर्णय गरेको हो ।

सरकारले भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गरेसंगै अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने चर्चा सुरु भएको थियो । नेपालको महिला भलिबल टिमले गत वर्ष बंगलादेशमा एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जितेपछि सरकारले अन्तराष्ट्रिय कभर्डहल निर्माणका लागि बजेट दिने घोषणा गरेको थियो ।

महिला भलिबलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक रजत पदक जितेपछि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले कभर्डहलका लागि आवश्यक बजेटको प्रबन्ध गर्ने घोषणा गरेका थिए । सरकारले कभर्डहलका लागि बजेट दिने बताएपनि संघले जग्गा प्राप्त गर्न सकेको थिएन । संघले पछिल्लो समय बुढानिलकण्ठ स्कुल रहेको स्थानमा कभर्डहलका लागि जग्गा प्राप्तिको पहल गरेको थियो ।

सोही अनुसार संघले कभर्डहल निर्माणका लागि आवश्यक पहल कदमी लिन अध्यक्ष मनोरञ्जन रमण शर्माको संयोजकत्वमा कमिटि समेत गठन गरेको थियो । समितिबाट प्राप्त सुझावका आधारमा संघले बुढानिलकण्ठमा कभर्डहल निर्माण गर्ने निर्णय सहित विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाउने काम अघि बढाउन सहमत बनेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes