आहाले सामुदायिक वनद्वारा विपन्नलाई खाट र न्यानो कपडा वितरण - Pahilo Online

आहाले सामुदायिक वनद्वारा विपन्नलाई खाट र न्यानो कपडा वितरण

writer

पहिलो अनलाइन

केराबारी । मोरङको केराबारी–६ स्थित आहाले सामुदायिक वन उपभोक्ता समूहले पाँच विपन्न उपभोक्ताहरुलाई खाट र न्यान्यो कपडा वितरण गरेको छ । विहीबार समूहले कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

खाट र न्यानो कपडा पाउने उपभोक्ताहरुमा चित्र बहादुर परियार, गंगा दर्जी, शान्तिमाया तामाङ, साङमाया तामाङ र पदमबहादुर तामाङ रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सव–डिभिजन वन कार्यालय लाटिझोडाका प्रमुख दिवस चौधरी र विशिष्ठ अतिथि केराबारी–६ का वडा सदस्य मेघराज राईलगायतले प्रमाण पत्रसहित खाट र सिरक डसना प्रदान गरेका थिए ।

समूहका अध्यक्ष याम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका पूर्वअध्यक्ष गोपाल बस्नेत, सचिव जमुनादेवी भण्डारीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

1 thought on “आहाले सामुदायिक वनद्वारा विपन्नलाई खाट र न्यानो कपडा वितरण

  1. एकदमै आहाले सामुदायिक बन उपभोक्ता समित ज्युहरुबाट राम्रो काम भयको छ र एस्ता थुप्रै समुहहरु छन यी अरु समुहहरुले पनि एस्तै खालका कार्यक्रमल्याउनु पर्नेरहेछ भनेर सिक्न जरुरी छ र एक्ले अर्काको खुट्टा तान्ने काम जसले गरेको छ त्यो आजै देखि छोडनु पर्छ र मात्र आहाले सामुदायिक बनको जस्तो सामुहिक हातेमालो गरेर अगाडि बढेर जान सकिन्छ साथिहरु यो देखेर सपथ सिक्न्न जरुरी छ खुट्टा तान्नेहरुकोलागी यो एउटा चुनौती पुर्ण काम हो हार्दिक बधाइ छ आहाले सामुदायिक बनका समितिका सम्पुर्ण टिमका अभियन्ता साथिहरुलाइ समुहमा बसेपछी काम एस्तो हुनुपर्छ।

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes