नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ - Pahilo Online

नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

writer

Santosh Khaling Rai

मोरङ । मोरङको बिभिन्न २ स्थानबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी ९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन । बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार साँझ सवा ५ बजे बिराटनगर १६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो । यसै गरी बिराटनगर १७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उनलाई बुधबार अपरान्ह ५ बजे बिराटनगर ७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो । यसरी लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes