इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण - Pahilo Online

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण

writer

काठमाडौं । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण भएको छ । उत्तरी तिग्रे क्षेत्रमा इथियोपियाली सेनाले विद्रोहीविरुद्ध कारवाही जारी राखेका बेला राष्ट्रसंघीय कर्मचारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ ।

सरकारी सेनाको निर्देशनविपरीत उक्त क्षेत्रमा राष्ट्रसंघका प्रतिनिधि गएकाले गोली हानेको सरकारी सेनाका अधिकारीहरुले जनाएका छन् । सरकारी सेनाले गत नोभेम्बरदेखि उक्त क्षेत्रमा विद्रोही टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) सँग संघर्ष गरीरहेको छ ।

विद्रोही र सरकारी सेनाबीच गोलाबारी चलिरहेका बेला राष्ट्रसंघका प्रतिनिधि शरणार्थी शिविरको अवलोकनका लागि जान लागेको समाचारमा जनाइएको छ । सरकारी सेनाका दुई चेकप्वाइन्ट पार गरेकाले उनीहरुमाथि गोली चलाएको सेनाले दावी गरेको छ । घटनाको बारेमा राष्ट्रसंघले कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रसंघले इथियोपिया सरकारलाई हरेका वर्ष खाद्यान्न र चिकित्सा सेवा प्रदान गर्दै आएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेको भनिएका स्थानहरुमा पनि खाद्यान्न स्वास्थ्यसम्बन्धी सहायता सहज रुपमा पु¥याउन राष्ट्रसंघले इथियोपियलाई आग्रह गरेको छ । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes