पूर्वकप्तान पारस खड्का ‘आईसीसी एसोसिएट प्लेअर अफ द डिकेड’ अवार्डको लागि मनोनयनमा - Pahilo Online

पूर्वकप्तान पारस खड्का ‘आईसीसी एसोसिएट प्लेअर अफ द डिकेड’ अवार्डको लागि मनोनयनमा

writer

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मेन्स एसोसिएट प्लेअर अफ द डिकेड (दशककै एसोसिएट पुरुष खेलाडी) अवार्डको मनोनयनमा परेका छन् । आईसीसीको मेन्स एसोसिएट प्लेअर अफ द डिकेडमा तीन देशका ६ खेलाडी परेका छन् ।

मनोनयनमा नेपालका पारस खड्कासँगै स्कटल्याण्डका रिचे बेरिङ्टन, केल कोटजेर र क्यालम म्याकलियोड, नेदरल्याडका पिटर बोरेन र पपुवा न्यु गिनीका असद भाला छन् । पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दै एकदिवसीयको पनि मान्यता पाएको थियो ।

मनोनयनमा परेकालाई आईसीसीको साइटमा गएर भोट गर्न सकिनेछ । आईसीसीकै मेन्स प्लेअर अफ द डिकेड, वुमन्स प्लेअर अफ द डिकेड, मेन्स टेस्ट प्लेअर अफ द डिकेड, मेन्स ओडीआई प्लेअर अफ द डिकेड, वुमन्स ओडीआई प्लेअर अफ द डिकेड सार्वजनिक भएको छ । साथै मेन्स टी–२० प्लेअर अफ द डिकेड वुमन्स टी–२० प्लेअर अफ द डिकेड, वुमन्स एसोसिएट प्लेअर अफ द डिकेड र स्प्रिट अफ क्रिकेट अवार्ड अफ द डिकेडको पनि मनोनयन सार्वजनिक भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes