‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने - Pahilo Online

‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने

writer

लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य सिरियल ‘सक्किगोनी’ मंसिर २० गतेबाट हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो ।
लकडाउनका कारण केही महिनादेखि प्रशारण सकेको छैन । अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको छ । अब, मंसिर २० गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यले जानकारी दिए ।

उनले भने–‘हामी, अब हिमालय टेलिभिजनबाट सिरियल प्रशारणको तयारीमा छौ । युटुब भने ओएसआरबाट नै अपलोड हुन्छ ।’ उनले, नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गुनासो व्यक्त गरे ।

यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रशारण हुन थालेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes