सातौं संस्करणको निशिमुरा अनलाईन कराते च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण - Pahilo Online

सातौं संस्करणको निशिमुरा अनलाईन कराते च्याम्पियनसिपमा नेपाललाई १६ स्वर्ण

writer

काठमाडौं । सातौं संस्करणको निशिमुरा कप अनलाईन कराते च्याम्पियनसिपमा नेपालले १६ स्वर्णसहित कुल ३५ पदक जित्न सफल भएको छ । फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपाल १६ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गरेको प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णयक रबि शाहीले जानकारी गराएका छन् ।

नेपालका लागि रविन्द्र मानन्धर, सन्जु देशार, सुभाष घटन, सुभाष कार्की, मनिस कार्की, शत्कर घर्ति मगर, अनुभा मग्रान्ति, सुबिता गौतम, गरिमा मगर, रोशमा राई र रिना श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यस्तै जगत सिंह धनुक, सोनिम मानन्धर, न्यान्सी क्षेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा र निता आचार्यले रजत पदक जितेका छन् ।

नेपालका जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा र आरव देवकोटाले कांस्य पदक हात पारे । पुरुषको ३७–४५ वर्ष उमेर समूहको एडवाच मास्टर कातामा रविन्द्रले स्विडेनका एन्टोन कुमरलाई हराएर स्वर्ण जितेका हुन् ।

पुरुषको १८–२५ वर्ष उमेर समूहको एडवाच कातामा नेपालकै जगतलाई हराएर सुभाष घटनले स्वर्ण जितेका हुन् । पुरुषकै २५(३५ वर्ष उमेर समूहको एडवाच कातामा स्विडेनका केन्टारो एरिक्सनलाई हराएर सुभाष कार्कीले स्वर्ण जिर्दा मनिसले १३(१५ वर्ष उमेर समूहको मध्यवर्ती कातामा फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई हराएर स्वर्ण जिते ।

शत्करले फिलिपिन्सको खेलाडी चाहतगट शिंगलाई हराएर ९ वर्ष मुनिको मध्यवर्ती कातामा स्वर्ण जिते । यसै स्पर्धाको महिलातर्फ सुबिताले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई हराएर स्वर्ण जितिन् । महिलाको १०–१२ उमेर समूहमा नविक कातामा न्यान्सीले नेपालकै अनुभालाई हराएर स्वर्ण जितिन् ।

महिलाकै १३–१७ उमेर समूहको एडवाच कातामा सन्जुले इन्डोनेसियाको खेलाडी नबिला शकिला लिनोमेलाई पराजित गरे स्वर्ण जितिन् । महिलाको १३–१५ वर्ष उमेर समूहमा गरिमाले स्विडेनकि खेलाडी नाथली कोमरलाई हराएर स्वर्ण जितिन् ।

यस्तै महिलाको १८–२५ उमेर समूहको एडवाच कातामा नेपालकै नितालाई हराएर रोशमाले स्वर्ण जिदा २६–३५ वर्ष उमेर समुहमा नेपालकी रिनाले फिलिपिन्सकी हन्जेलन्न बोर्ज्रेलाई हराएर स्वर्ण ृअदक जितेकी हुन् । च्याम्पियनसिप अक्टोबर ३० देखि नोभेम्बर १ सम्म संचालन भएको थियो । च्याम्पियनसिपमा १६ देशका २ सय ३२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes