नेपाल र बंगलादेश बीच हुने मैत्रीपूर्ण खेलको मिति तय - Pahilo Online

नेपाल र बंगलादेश बीच हुने मैत्रीपूर्ण खेलको मिति तय

writer

मोरङ । बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ । मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बीएफएफले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो ।

बीएफएफका महासविच अबु नईम शोहागका अनुसार नेपालले बंगालदेशसंग नोभेम्बर १३ र १७ तारिखका दुई खेल खेल्नेछ । अर्थात नेपाली मिति अनुसार नेपालले पहिलो खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ । दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाईएको छ । बंगलादेशले नेपालविरुद्ध खेल्ने ३६ सदस्यीय खेलाडी नाम समेत सार्वजनिक गरेको छ । गतहप्ता नेपाल सरकारले समेत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको प्रस्ताव स्विकृत गरेको थियो । नेपाल सरकारले अनुमतीसंगै बीएफएफले आवश्यक तयारी सुरु गरेको थियो ।

यसअघि कम्तिमा एक मैत्रीपूर्ण र अवस्था अनुसार दुई मैत्रीपूर्ण खेल हुन सक्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको थियो । मैत्रीपूर्ण खेल पक्का गरेपनि एन्फाले मिति भने सार्वजनीक गरेको थिएन । यता, एन्फाले दशैं लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ । कोरोना महामारीका कारण चैतबाट खेलकुद गतिविधि सुरु हुन सकेका छैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes