यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स र पोर्चुगल भिड्दै - Pahilo Online

यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स र पोर्चुगल भिड्दै

writer

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (आइतबार) साविक विजेता पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणको तेस्रो खेलमा पोर्चुगल र फ्रान्स भिड्न लागेका हुन् । फ्रान्समा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगल गरेलु टोलीलाई हराएर लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । अघिल्ला दुई खेलमा २ जित निकालेको पोर्चुगल ६ अंक जोडेर लिग ’ए’ को समूह तीनको शीर्ष स्थानमा रहेको छ । पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई ४(१ ले हराएको थियो । यस्तै दोस्रो खेलमा स्विडेनलाई २–० ले हराएको थियो । यता, फ्रान्स पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । विश्वकप विजेत फ्रान्स अघिल्ला २ खेलमा अपराजित रहेको छ । समूहमा ६ अंक जोडेको फ्रान्स गोल अन्तरमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

फ्रान्सले पहिलो खेलमा स्विडेनलाई १(० ले हराएको थियो । यस्तै दोस्रो खेलमा क्रोएसियालाई ४–२ ले हराएको थियो ।यसै समूहको अर्को खेलमा स्विडेन र क्रोएसियाबीच खेल हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा हुनेछ । लिग ’ए’ समूह १ को खेलमा इटालीले पोल्याण्डसँग खेल्नेछ । यस समूहमा २ खेलमा ४ अंक जोडेको इटाली शीर्ष स्थानमा रहेको छ । पोल्याण्ड ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनासँग खेल्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes