जाजरकोटमा जीप दुर्घटना हुदाँ ५ जनाको ज्यान गयो - Pahilo Online

जाजरकोटमा जीप दुर्घटना हुदाँ ५ जनाको ज्यान गयो

writer

जाजरकोट । जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १ जना वडा अध्यक्ष पनि रहेका छन् । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै उज्यालो सहकर्मी बालकुमार शर्माले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलमा प्रहरीको टोली केहीबेर अघिमात्र पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes