गौतम बुद्ध रंगशालाको निरिक्षण - Pahilo Online

गौतम बुद्ध रंगशालाको निरिक्षण

writer

काठमाडौंं । नेपाल क्रिकेट संघ (क्यान) ले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निरिक्षण गरेको छ ।

क्यानको केन्द्रिय कार्यसमिति बोर्ड बैठक मंगलवार चितवनमा बसेको छ । त्यसअघि क्यानका पदाधिकारीले गौतम बुद्ध रंगशालाको निरिक्षण गरेका हुन् । क्यानका सचिव अशोकनाथ प्याकुरेल लगायतका पदाधिकारीहरुले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगै रंगशालाको निरिक्षण गरेका थिए । धुर्मुसले रंगशाला निर्माणबारे क्यानलाई जानकारी दिएका थिए ।

क्यानले आफ्नो पहिलो वार्षिक साधरण सभा भदौमा गर्ने भनेपनि कोरोना महामारीको कारण स्थगित गरेको थियो । क्यानले गत माघमा नै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पाण्डेको समिति गठन गर्दै पुरुष २४ र महिला १८ खेलाडीलाई ए प्लस , ए, बी र सी ग्रेडमा रहने खेलाडी नाम र पारिश्रमिक टुङ्गो लगाउन भनेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes