युट्युब र सामाजिक सञ्जालबाट कमाएको पैसा बैंक तथा वित्तीय संस्थाबाट नेपाल ल्याउन सकिने - Pahilo Online

युट्युब र सामाजिक सञ्जालबाट कमाएको पैसा बैंक तथा वित्तीय संस्थाबाट नेपाल ल्याउन सकिने

writer

काठमाण्डौ । युट्युबलगायत सामाजिक सञ्जालमार्फत विदेशबाट नेपाल आउने रकम बैंक तथा वित्तीय संस्थाबाटै ल्याउन सकिने भएको छ । अहिले सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेहरुले बैंक तथा वित्तीय संस्थाको बाटो नभइ अन्य तरिकाले पनि रकम नेपाल भित्र्याइरहेका थिए ।

तर नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचनामार्फत सूचना प्रविधि सम्बद्ध दक्षतारविज्ञताको निकासी, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सकिने जनाएको छ ।

यसको लागि स्वदेशी बैंकको खातामा विदेशी मुद्रा आएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ । विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक पर्ने भएमा र भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको निर्देशनको पालना गर्नुपर्नेछ । (उज्यालो अनलाइन)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes