नेपाललाई मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव - Pahilo Online

नेपाललाई मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

writer

मोरङ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले प्रस्ताव गरेका छन् । कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेका हुन् । कोरोनाले प्रभावित बनेका दक्षिण एसियाली मुलुकसँगै क्यारेबियन मुलुकबाट समेत मैत्रिपूर्ण खेलेका लागि प्रस्ताव आएको छ ।

एन्फाले दुई होम गेमसँगै एक अवे खेलका लागि प्रस्ताव आएको जानकारी दिएको छ । एन्फाका प्रवक्ता किरण राईले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको बताए । उनका अनुसार नेपाललाई दक्षिण एसियाली मुलुक बंगलादेशसँगै एसियाली मुलुक मंगोलिया र क्यारेबियन मुलुक डोमेनिकन रिपब्लिकको प्रस्ताव आएको छ ।

बंगलोदशले नेपाललाई अवे खेलेका लागि समेत प्रस्ताव राखेका छ भने मंगोलिया र डोमेनिकन रिपब्लिक भने नेपाल आउन मात्र पनि राजी छ । सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण फुटबलका गतिविधि सुरु हुन पाएका छैनन् । गत चैत ११ गतेबाट सुरु भएको लक डाउनका कारण सरकारले खेलकुदका गतिविधि पूर्ण रुपमा बन्द गरेको छ । जसका कारण मैत्रीपूर्ण खेलका लागि एन्फाले मिति तय गरेको छैन । एन्फा प्रवक्ता किरण राईले सरकारले खेलकुद गतिविधि सुरु गर्ने अनुमति नदिदाँ मैत्रीपूर्ण खेलका लागि मिति तय नभएको बताउँछन् ।
‘सरकारबाट अभ्यासकै अनुमति पाएका छैनौं । जसका कारण मैत्रीपूर्ण खेलको मिति तय भएको छैन ।’ उनले भने । नेपालसँगै बंगलादेशले पनि फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट खेल खेलिरहेको छ ।

कोरोना महामारीका कारण हाल एसियाली फुटबल महासंघले आफ्ना सम्पूर्ण प्रतियोगिताहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको छ । नेपाल फिफा बरियतामा १ सय ७० औं स्थानमा रहेको छ । मंगोलिया १ सय ९० औं र डोमेनिकन रिपब्लिक १ सय ५८ औं स्थानमा छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes