‘डान्सिङ विथ दि स्टार्स नेपाल’ संकरण असोज २ बाट प्रशारण - Pahilo Online

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ संकरण असोज २ बाट प्रशारण

writer

लकडाउन अगाडि नै घोषणा गरीएको विश्वकै नम्बर वान डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार’को नेपाली संकरण असोजको २ गतेबाट हुने भएको छ । हिमालय टेलिभिजनले प्रसारण गर्ने शो कोरोनाका कारण छायांकन हुन सकेको थिएन । तर, लकडाउनका कारण घरमै रहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि यो शो प्रशारण हुने भएको छ ।

‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं ।’ २६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना व्यवसायिक डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । यो शोको प्रिमियरको छायांकन भैसकेको छ । शोमा हरेक साता एक जना बाहिरिनेछन् ।

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खलाकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी सफल कलाकार पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरनेछन् । बिजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes