मेस्सी एक सिजन बार्सिलोनामै रहने, दिर्घकालिन सोचका साथ क्लव छाड्ने निर्णय गरेको दावि - Pahilo Online

मेस्सी एक सिजन बार्सिलोनामै रहने, दिर्घकालिन सोचका साथ क्लव छाड्ने निर्णय गरेको दावि

writer

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्ततः आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् । प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको आग्रहको कारण नै निर्णय बदल्न बाध्य भएको बताएका छन् । उनले कानुनी उपचारमा जाने विकल्प रहेपनि आफू हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारेका छन् ।

दुई दशकयता बार्सिलोनामा रहेका ३३ वर्षीय मेस्सीले निर्णय लिँदै दिएको अभिव्यक्ति यस्तो छ ः ‘जब मैले बार्सिलोना छोड्ने विषयमा पत्नी र छोरालाई भने, मैले सोच्दै नसोचेको अवस्था सिर्जना भयो । सबैजना रुन थाले र बार्सिलोना नछाड्ने जिद्दी कसे । उनीहरु सहर मात्र होइन आफ्नो स्कुल पनि परिवर्तन गर्ने पक्षमा थिएनन् ।

मैले भने अहिलेको अवस्था भन्दापनि दिर्घकालिन सोचका साथ यो निर्णय लिन खोजेको थिएँ । म अझै केहि वर्ष उच्च स्तरमा खेलेर उपाधि जित्न चाहन्छु । विशेषगरि च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छु । खेलमा हार वा जित त हुन्छ नै, तर प्रतिस्पर्धा गर्नु उत्तिकै जुरुरी छ । ‘हामी कमसेकम प्रतिस्पर्धामा उत्रनु जुरुरी छ । हामी रोम, लिभरपुल र लिस्बनमा जस्तो तित्तर बित्तर हुनु हुँदैन । यो सबले पनि मलाई सोच्न बाध्य बनायो र निकै कठिन निर्णय लिन पुगें ।

मैले सोचेको थिएँ की मेरो सम्झौता अनुसार म फ्री ट्रान्सफरमा छोड्न पाउने छु । क्लबका अध्यक्षले पनि सधैं आफ्नो निर्णय सिजनको अन्त्यमा लिने समय छ र बस्न चाहने नचाहने त्यसैबेला निर्णय गर्ने सुझाव दिएका थिए । अहिले आएर क्लबले मैले आफ्नो निर्णय जुन १० अगाडि दिएको थिइनँ भन्ने अडान लिएको छ । मैले जुन १० मा लिगमा प्रतिस्पर्धा गरिरहेको बेलामा कसरी निर्णय लिन सक्थें र ? कोरोनाभाइरसका कारण सिजन यसै पछि सरेको थियो ।

म अब यो सिजन क्लबमा नै रहनेछु । मैले क्लबमा बस्नुको एकमात्र कारण भनेको अध्यक्षले मलाई ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडानका कारण हो । कुनै पनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ । मैले चाहेको भए मुद्दा लड्ने विकल्प पनि थियो । तर म कहिले पनि बार्सिलोनालाई अदालतसम्म लिएर जान सक्दिन । यो क्लबको मलाई माया लाग्छ र यहाँ मैले जीवनमा सबैथोक पाएको छु । यो क्लब मेरो जिन्दगी हो र मैले मेरो जीवन यहीं बनाएको छु ।

बार्सिलोनाले मलाई र मैले पनि क्लबलाई सबैथोक दिएको छु । मैले कहिले पनि क्लबलाई अदालतसम्म लग्छु भनेर सोचेको छैन । मेरो छोरा माटिओ सानो छ र अहिले कतै अन्य ठाउँ गरेर बसाईं सार्ने तथा नयाँ जिन्दगी सुरुवात गर्ने भन्ने बुझ्न सकेको छैन । थियागो अलि ठूलो भएकाले केहि बुझ्छ । उसले टिभीमा केहि सुनेपछि मलाई प्रश्न गरेको थियो ।

मैले उसलाई मेरो अवस्थाबारे थाहा हुन दिएको छैन । तैपनि उसले रोइकराई गरेर कतै नजान भानिरह्यो । त्यो समय निकै नै कठिन थियो । म उसको अवस्था बुझ्छु, मलाई पनि कुनै समय त्यस्तै भएको थियो । यस्तो बेला निर्णय लिन कठिन हुन्छ । म बार्सिलोनालाई माया गर्छु । मैले यहाँभन्दा राम्रो ठाउँ कतै पनि पाउँदिन । यसका बाबजुद मसँग निर्णय लिने अधिकार भने छ । म केहि नयाँ चुनौती र अवसरको खोजीमा थिएँ । म जहिले पनि बार्सिलोना फर्कन सक्थें, किनभने मैले यहाँ सबथोक पाएको छु ।

मेरो छोरा, मेरो परिवार यहाँ नै हुर्केको हो र यहींका हुन् । मैले क्लब छोड्न चाहनुमा केहि गल्ति थिएँ । यो मेरो आवश्यकता थियो, क्लबको आवश्यकता थियो र सबै पक्षको भलो थियो । मेरो पत्नीले यो अवस्था आउँदा जति दुख लागेपनि मलाई साथ दिइरहिन् ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes