पीएसजीलाई १–० गोलअन्तरले हराउँदै बार्यन च्याम्पियन - Pahilo Online

पीएसजीलाई १–० गोलअन्तरले हराउँदै बार्यन च्याम्पियन

writer

एजेन्सी । पीएसजीलाई १–० गोलअन्तरले हराउदै जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लाई पराजित गर्दै बार्यन च्याम्पियन बनेको हो । स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए । उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् ।

पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए । खेलको १८ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलरक्षक नोयाले उत्कृष्ट बचाउ गरे । खेलको २२ औं मिनेटमा अग्रता बनाउन चुक्यो । रोबर्टो लेवान्डोस्कीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको थियो । त्यसको एक मिनेटपछि एन्जल डी मारियाले काउन्टर मुभमा गोल गर्न सकेनन् । पेनाल्टी क्षेत्र भित्रबाटको डी मारियाको प्रहार आकासिएको थियो । यस्तै ३१ औं मिनेटमा लेवान्डोस्कीको उत्कृष्ट हेड प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले उत्कृष्ट बचाउ गरेका थिए ।

यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो । यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ । सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लाइपजिगलाई हराएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes