च्याम्पियन्स लिग फाइनलमा आज पीएसजी र बायर्न भिड्दै - Pahilo Online

च्याम्पियन्स लिग फाइनलमा आज पीएसजी र बायर्न भिड्दै

writer

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आज (आईतबार) राति प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ । फ्रान्सेली क्लब पीएसजी पहिलो पटक र जर्मन क्लब बायर्न म्युनिख छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका छन् । बायर्नका प्रशिक्षक हान्सी फिल्किले उत्साहपूर्ण सिजनलाई च्याम्पियन्स लिगको उपाधि सहित अन्त्य गर्न सबै चिज दिने बताएका छन् ।

जर्मन च्याम्पियन र कप विजेता बायर्न आईतबार राति पीएसजीबिरुद्ध शानदार जित सहित सिजनको सुखद समाप्त गर्ने योजनामा छ । बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । ‘यो निकै बिशेष खेल हो ।’ बायर्न प्रशिक्षक फिल्किले भने । बायर्नले यस सिजन च्याम्पियन्स लिगका सबै १० खेल जितेको छ । ‘हामीले एक ठुलो पाईला चालेका छौ । टिम उपाधिका लागि सबै चिज दिन तयार छ ।’ उनले भनेका छन् । धेरै पटक फाईनल पुगेको बायर्नलाई उपाधि भिडन्तमा भेट्नु आफ्ना लागि थोरै फाईदाको बिषय भएको पीएसजीका प्रशिक्षक थोमस टुचेल बताउँछन् ।

‘यो निकै ठुलो चुनौती हो । र हामी निकै आत्मविश्वासी छौ ।’ बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षकले भने । ‘हामीलाई फाईनलमा आफ्नो स्थान पाएको अनुभुती छ । हामी लड्नका लागि तयार छौ ।’ उनले भने । सेमिफाईनलको खेलमा मांशपेशीमा समस्या देखिएका बायर्नका जिरोमी बोटिङ्गलाई फिटनेशको समस्या छ । फ्रान्सेली डिफेन्डर बेन्जामिन पाभार्ड फाईनल खेलमा उपलब्ध हुनेछन् । उनी लियोनबिरुद्ध प्राप्त ३–० को जितमा बेन्चबाट खेलको सुरुवात गरेका थिए । पीएसजीका गोलकिपर किलर नाभास फाईनल खेलमा उपलब्ध हुनेछन् । रियल मड्रिडबाट तीन पटक च्याम्पियन्स लिग जितेका उनी चोटका कारण सेमिफाईनलको खेल गुमाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes