च्याम्पियन्स लिगको फाइनलमा बायर्नको भेट पीएसजी सँग - Pahilo Online

च्याम्पियन्स लिगको फाइनलमा बायर्नको भेट पीएसजी सँग

writer

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो । स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थपे । खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए । खेलमा लियोनले समेत गोलको केहि अवसर पाएको थियो । तर, दुबै हाफमा पाएको अवसरलाई लियोनले सदुपयोग गर्न सकेनन् । लियोनका केहि उत्कृष्ट प्रहार बायर्नका गोलकिपर म्यानुएल नुएरले उत्कृष्ट बचाउ गरेका थिए ।

अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ । पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३–० ले हराएर उपाधि नजिक पुगिसकेको छ । बायर्न र पीएसजीबीचको फाइनल खेल अगस्ट २४ मा हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes