रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे - Pahilo Online

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

writer

काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ आफ्नै निवासमा निधन भएको छ । घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेको बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका हुन् । उनले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउका छन् ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes