कोरोनाको जोखिम बढ्दै गएपछिछ दमकका अस्पतालहमा ओपिडी सेवा बन्द - Pahilo Online

कोरोनाको जोखिम बढ्दै गएपछिछ दमकका अस्पतालहमा ओपिडी सेवा बन्द

writer

दमक । कोरोनाको जोखिम बढ्दै गएपछि दमक नगरपालिकाले गरेको एक साता लामो लकडाउनसँगै दमकमा रहेका सबै अस्पतालहरुमा ओपिडी सेवा बन्द भएको छ। कोरोना संक्रमण समुदायसम्म फैलिएको आशंकामा स्थानीय सरकारले शनिबार रातीदेखि एक साताका लागि लकडाउन घोषणा गरेको हो। लकडाउनअघि समेत कतिपय कोरोना संक्रमितहरु जाँचका लागि दमकका अस्पतालसम्म पुगेको थाहा भएपछि नगरका अस्पताल र क्लिनिकहरूले पनि ओपिडी सेवा बन्द गरेका हुन्। ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भएकाले केही दिनका लागि ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जानकारी दिइन्।

दमकमा एक सरकारीसहित आधादर्जन निजी क्षेत्रका अस्पताल सञ्चालनमा छन्। तत्काल कुनै परामर्श लिनुपर्ने भएमा विद्युतीय तथा टेलिफोन माध्यमको उपयोग गर्न पनि नगरपालिकाले सुझाव दिएको छ। ओपिडी सेवा बन्द भएपनि आकस्मिक सेवाबाट कोही बञ्चित हुन नपर्नेगरी स्वास्थ्य प्रबन्ध गरिएको नगरपालिकाले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes