त्रिवि सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने - Pahilo Online

त्रिवि सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने

writer

काठमाडौँ । रोकिएका परीक्षाहरु तत्काल गराउन नसक्ने भएपछि विद्यार्थीको लिखित परीक्षा अनुकूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ । विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट पठनपाठन अगाडि बढाउने निर्णय गर्दै विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टरकोे पठनपाठन गराउने निर्णय लिएको हो । विश्वविद्यालयको प्राज्ञिक परिषद्ले कोरोनाका कारण यसअघि रोकिएका परीक्षा तत्काल हुन नसक्ने अवस्था देखिएपछि यस खालको बाटो खोलेको हो ।

त्रिवि प्राज्ञिक परिषद्का सदस्य तथा व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराम शर्माले सेमेस्टरमा अध्ययनरत सबै सङ्काय र अध्ययन संस्थानका विद्यार्थीको पठनपाठन नरोकिने र शैक्षिक सत्रसमेत खेर नजाने जानकारी दिनुभयो । यसबाट मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय तथा चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान, कृषि, वन अध्ययन संस्थानका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा यो निर्णय लागू हुनेछ । यसबाट विश्वविद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थीको माथिल्लो कक्षामा अध्ययन गर्ने बाटो खुलेको छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes