कोरोनाविरुद्ध रुसले तयार पारेको खोपको अन्य राष्ट्रका बैज्ञानिकहरुद्वारा टिकाटिप्पणी - Pahilo Online

कोरोनाविरुद्ध रुसले तयार पारेको खोपको अन्य राष्ट्रका बैज्ञानिकहरुद्वारा टिकाटिप्पणी

writer

काठमाडौं । कोरोनाको खोपको सम्बन्धमा धेरै राष्ट्रले अनुसन्धान गरीरहदा रुसले भने पत्ता लागेको दावी गरेको छ । विश्व जगतले गरेको शंकालाई रुसले बेतुकको टिप्पणी भनेको छ । खोपको सबै आवश्यक परिक्षण र प्रक्रिया पूरा गरिएको भन्दै रुसले अनावश्यक सन्देह नगर्न सचेत समेत गराएको छ ।

रुसका स्वास्थमन्त्री मिखाइल मुराश्कोले आफ्नो देशले खोप तयार पारेपछी अन्य देशहरुलाई जलन भएकाले आलोचना गरेको बताए । रुसले मानव शरिरमा दुई महिनामात्रै परीक्षण गरेपछी यो खोपलाई स्वीकृती दिएको भन्दै जर्मनी, फ्रान्स, स्पेन, अमेरिका लगाएतका राष्ट्रका बैज्ञानिकहरुले टिकाटिप्पणी गरेका थिए ।

उनीहरुले खोपबारे सतर्क रहन सबैलाई अपिल समेत गरेका छन् । रुसी स्वास्थ्यमन्त्रीले यो खोपले आधिकारिक मान्यता पाइसकेको जिकीर गर्नुभएको छ । उहाँले यो खोप आगामी दुइ सातामा नै प्रयोगमा ल्याउने दाबी समेत गर्नुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes