विश्वकप छनोटका खेल स्थगित गरेसंगै तत्कालका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित - Pahilo Online

विश्वकप छनोटका खेल स्थगित गरेसंगै तत्कालका लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित

writer

काठमाडौं । राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मधुशुदन उपाध्यायले फुटबल टिमको प्रशिक्षण तत्कालका लागि स्थगित भएको बताएका छन् । टिमको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको छ । विश्वकप छनोटको तयारी स्वरुप भदौ १ गतेबाट सुरु गर्ने तयारी गरिएको फुटबल टिमको प्रशिक्षण अनिश्चित समयका लागि स्थगित भएको हो । फिफा तथा एएफसीले विश्वकप छनोटका खेल स्थगित गरेसंगै एन्फाले समेत तयारीलाई तत्कालका लागि रोकेको हो ।

फिफा तथा एएफसीले बुधबार सुचना जारी गर्दै छनोट खेल अर्को सुचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको थियो । ‘अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । फिफा, एएफसीबाट छनोट खेलको तालिका तय भएपछि प्रशिक्षण पुन सुरु गर्नेछौ ।’ उनले भने । राष्ट्रिय टिमको प्रशिक्षणका लागि एन्फाले खेलाडीको कोरोना परिक्षण समेत सकेको थियो । सोमबार गरिएको परिक्षणको रिपोर्ट समेत सार्वजनीक भएको थियो । प्रशिक्षणका लागि भन्दै एन्फाले सबै खेलाडीलाई उपत्यकामा बोलाएर राखेको थियो । कोरोना परिक्षणको रिपोर्टसंगै खेलाडीलाई निर्मलीकरण गरिएको एन्फा होस्टेलमा राख्ने तालिका थियो ।

प्रशिक्षणका लागि एन्फाले ’प्रोटोकल’ समेत तयार पारेको थियो । तर छनोटको खेलनै स्थगित भएपछि एन्फाले तत्कालका लागि प्रशिक्षणको कार्यक्रमलाई रोकेको हो । संक्रमण बढ्दै गएपछि एन्फाले एक साताका लागि केन्द्रिय कार्यालय समेत बन्द राख्ने निर्णय गरिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes