युवा दिवसमा अन्तरक्रिया - Pahilo Online

युवा दिवसमा अन्तरक्रिया

writer

पहिलो अनलाइन

 

सुरेश कार्की
मोरङ । कोरोना सक्रमणबाट कोहि पनि स्वस्थ मानिसको मृतु नहुने र कोरोना लाग्दैमा आत्तिनु नहुने तथा कोरोनालाई सहज रूपमा लिनु पर्ने कोरोना जितेका हरूले बताएका छन् । कोरोनालाई हाउगुजी बनाईएको र मानसिक तथा सामाजिक रूपमा आतङ्कित पारिएको कोरोना जितेर फर्केका विराटनगरका सुजन दाहालले अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो । उहाले मानिस कोरोनाले भन्दा पनि डर र मानसिक तनाबका साथै समाजमा पुनर्स्थापनाको डरले बढि आतङ्कित भयको बताउनु भयो ।

अन्तराष्टिय युवा दिवसको अबसर पारेर युवा समाज नेपाल विराटनगरले समसामयिक विषयमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा दाहालले बताउनु भएको हो ।

जुम अनलाईन मार्फत् गिरएको कार्यक्रममा अहिलेको विषम परिस्थितिमा युवाहरूको भुमिका, एसिड र अन्य कारणले हुने डडेका पोलेकाहरूको सवालमा युवाहरूले खेल्नु पर्ने भुमिका र कोरोना भाईरसबाट बच्नको लागि गर्नु पर्ने क्रियाकलापका विसयमा छलफल गिरएको थियो ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेस पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवाहरूको भुमिका र दाईत्व विषयमा विराट मेडिकल कलेजका डा. पार्थ गुरागाई र डडेको पोलेको विषयमा किर्तिपुर अस्पताल काठमाण्डौका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुन र भर्खरै कोरोना संक्रमणबाट मुक्त हुनुभयका सुजन दाहालले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभएको थियो। समाजका अध्यक्ष कैलाश खाकी श्रेष्ठको सञ्चालन गर्नु भएको कार्यक्रममा देश भरिका एक सय भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes