पत्रकार सुवेदीविरुद्ध नायिका पूजा शर्माको उजुरी - Pahilo Online

पत्रकार सुवेदीविरुद्ध नायिका पूजा शर्माको उजुरी

writer

नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

पत्रकार सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला कलाकार संघमा उजुरी परेको हो । नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि टिप्पणी गर्दै पत्रकार प्रकाशले भनेका थिए, ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ भनि अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएपछि सुवेदीले माफी पनि मागिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes