राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोकिने, उच्च स्वास्थ्य शतर्कता अपनाइने - Pahilo Online

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोकिने, उच्च स्वास्थ्य शतर्कता अपनाइने

writer

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) कोरोना भाईरसको प्रतिकुलताको बाबजुत राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको छ । काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनको घोषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।

विश्वकप छनोटको दोस्रो चरणको तयारी स्वरुप एन्फाले भदौ १ गतेबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्दैछ । एन्फाले सबै खेलाडीको कोरोनाको परिक्षण गरेर सातदोबाटोस्थित एन्फा होस्टेलमा खेलाडीलाई राखेर प्रशिक्षण अघि बढाउने तयारी गरेको छ ।

राष्ट्रिय टिममा बोलाईएका अधिकांश खेलाडी उपत्यकामा जम्मा भईसकेका छन् । एन्फाले खेलाडी राख्ने होस्टेललाई निर्मलीकरण गरेर खेलाडीको कारोना जाँच गर्ने तयारी छ । खेलाडीको परिक्षण लगत्तै उनीहरुलाई होस्टेलमा लगेर राखिनेछ । प्रशिक्षणका क्रममा खेलाडीले अपनाउनुपर्ने नियमका बिषयमा एन्फाले १७ बुँदे प्रोट्रोकल समेत तयार पारिसकेको छ ।

‘सरकारले अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि अनुमती प्रदान गरेको छ । सोही अनुसार प्रशिक्षण अघि बढ्छ ।’ एन्फाका एक पदाधिकारीले भने । कोरोनाका कारण अवस्था प्रतिकुल बनेपनि जोखिम रहित तरिकाले खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने ती पदाधिकारीले बताए ।

एन्फाले खेलाडीलाई समूहमा विभाजन गरेर प्रशिक्षण गराउने तयारी गरेको छ । कम्तिमा १० देखि १२ जनाको समूहमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराईनेछ । कोरोना संक्रमण फैलन नदिन उच्च शतर्कता अपनाएर खेलाडीको अभ्यास सुरु गरिने एन्फाले बताएको छ ।

सातदोबाटोस्थित एन्फा होस्टेलको निर्मलीकरणको काम सम्पन्न नभएका कारण खेलाडीको कोरोना परिक्षण अघि बढ्न सकेको छैन । टिम म्यानेजर मधुशुदन उपाध्यायले कोरोना परिक्षणको समय केही ढिला भएपनि प्रशिक्षण भने निर्धारित मितिमै हुने जानकारी दिएका छन् । उनका अनुसार खेलाडीको प्रशिक्षण भदौ १ गतेबाटै सुरु हुनेछ । अवस्था प्रतिकुल बन्दै गएपछि नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण रद्ध गरिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes