भारतमा एकै दिन कोरोनाबाट ८०० बढीको मृत्यु - Pahilo Online

भारतमा एकै दिन कोरोनाबाट ८०० बढीको मृत्यु

writer

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा विश्वभरी कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक संख्या हो । मंगलबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकै दिन ५२ हजार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा भारतमा अन्यत्रको भन्दा सर्वाधिक संख्यामा संक्रमितहरू फेला परेका थिए । योसँगै हालसम्म भारतमा संक्रमितको कुल संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको छ भने ३८ हजार ९ सय ३८ जनाको मृत्यु भइसकेको छ । भारतमा विगत छ दिनदेखि हरेक दिन ५० हजार भन्दा बढी मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पन्ध्र दिनदेखि संक्रमणको दर ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । यद्यपी भारत सरकारले बिरामीहरू निको हुने दर अन्य देशको तुलनामा राम्रो भएको दाबी गरेको छ । महाराष्ट्र, तामिलनाडु, आन्ध्र प्रदेश, कर्णाटक र दिल्ली कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes