हिमालय रोडिज सिजन ३ को बिजेता बने सुजन सुवेदी - Pahilo Online

हिमालय रोडिज सिजन ३ को बिजेता बने सुजन सुवेदी

writer

काठमाण्डौ । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् । ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद १० लाख रुपैयाँ र मोटरसाइकल जितेका छन् ।

गत डिसेम्बर १६ तारिखबाट प्रसारण सुरु भएको हिमालय रोडिज कोरोना संक्रमणका कारण सुरु भएको डकडाउनले गर्दा १५ औं श्रृङखलापछि रोकिएको थियो । लकडाउन खुलेपछि प्रसारण सुचारु भएको रोडिजको आज १८ औं एपिसोडमा बिजेता छानिएको हो ।

भायकम–१८ को विकाश गरेको फम्र्याट अन्र्तगत हिमालय टेलिभिजनले फ्रेन्चाइज लिई यो रियालिटी सो नेपालमा प्रसारण गर्दै आएको छ । तेस्रो सिजनमा आइपुग्दा रोडिजको फम्र्याटमा धेरै परिवर्तन भई ग्याङ लिडरको शैली अबलम्बन गरिएको थियो जहाँ ग्याङ लिडरहरु पनि प्रतिस्पर्धीसँगै बिभिन्न टास्कमा सहभागी भएका थिए । सिजन ३ को टाइटल स्पोन्सर यामाहा मोटरसाइकल रहेको थियो भने पावर्ड बाई स्पोन्सरमा प्रभु मोबाइल टीभी रहेको थियो । यस्तै नेपाल टुरिजम बोर्ड, ओयो होटल्स, स्टार हस्पिटल लगायतका ब्राण्डहरुको सहभागीता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes