एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । प्रिमियर लिग च्याम्पियन लिभरपुलले सन् २०२०/२१ को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ । लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ । लिभरपुलले यस सिजन प्रिमियर लिगको उपाधि जितेको थियो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको हो । यस सिजन लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै उपाधि जितेको हो ।