मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु - Pahilo Online

मदिराको सट्टा स्यानिटाईजर सेवन गर्दा १० जनाको मृत्यु

writer

काठमाडौं । भारतको आन्द्र प्रदेशमा मदिराको रुपमा स्यानिटाईजर सेवन गर्दा कम्तिमा १० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि केहीले स्यानिटाईजरलाई नैं मदिराको सट्टा सेवन गरेका थिए ।

यसरी सेवन गर्नेहरुमा गम्भिर स्वास्थ्य समस्या देखिएको र अहिलेसम्म कम्तिमा १० जनाको मृत्यु भएको स्थानिय अधिकारीहरुले बताएका छन् । उनीहरुले स्यानिटाइजरलाई चिसो पेय पदार्थ तथा अन्य सफ्ट ड्रिङ्कसँग मिसाएर पिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । स्यानिटाईजरमा अन्य केही विषालु रसायन थियो कि थिएन भन्नेबारे छानविन गर्न प्रहरीले नमुना संकलन गरि प्रयोगशालामा परिक्षणका लागि पठाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes