नेपाली लेगस्पिनर सन्दीप लामिछाने सीपीएल खेल्न भोलि ट्रिनिडाड जाने - Pahilo Online

नेपाली लेगस्पिनर सन्दीप लामिछाने सीपीएल खेल्न भोलि ट्रिनिडाड जाने

writer

काठमाण्डौ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न भोलि ट्रिनिडाड जाने भएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भए पनि उनी भोलि अमेरिका हुँदै ट्रिनिडाड जाने तय भएको हो । उनी भोलि बिहान साढे १० बजे हुने चार्टर्ड उडानमार्फत ट्रिनिडाड जाने तय भएको छ । उनी आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । यो टिममा उनी एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

सन्दीपको टिम सीपीएलको फाइनलमा पुगेमा त्यसको नौ दिनपछि फेरि इन्डियन प्रिमियर लिग खेल्न उनी यूएई पुग्नु पर्नेछ । आईपीएल यूएईमा हुने पक्का भइसकेको छ । तर खेल तालिका र नियमका बारेमा अगष्ट एक तारिखमा आईपीएलको गर्भनिङ काउन्सिलको बैठकले निर्णय गर्नेछ ।

सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनुअघि आफ्नो देशमा पीसीआर परीक्षणको रिपोर्ट लिएर आउनु भनेपछि सन्दीपले हिजो कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् । उनको रिपोर्ट आज आउनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes