जाजरकोटमा विषालु च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, सात जना सिकिस्त बिरामी - Pahilo Online

जाजरकोटमा विषालु च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, सात जना सिकिस्त बिरामी

writer

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीमा च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त बिरामी परेका छन् । मृत्यु हुनेका ३ वर्षीया बालिका अञ्जना चलाउनेको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार विषालु च्याउ खाँदा ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, ९ वर्षीया नीरुता सिंह, १२ वर्षीया धनसरा चलाउने र १४ वर्षीया औसरा चलाउने सिकिस्त बिरामी परेका हुन् ।

उनीहरूलाई थप उपचारको लागि सुर्खेत लैजान सेनाको हेलिकप्टर मगाइएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए । उनीहरूको टाँपुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुँदा गाउँपालिकाले हेलिकप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes