भारतमा एकैदिन ४९ हजार भन्दा बढीमा कोरोना संक्रमण - Pahilo Online

भारतमा एकैदिन ४९ हजार भन्दा बढीमा कोरोना संक्रमण

writer

काठमाडौं । भारतमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिनमा धेरै व्यक्तिमा संक्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ । भारतमा हिजो ४५ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ११ सय २९ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ लाखभन्दा बढी निको भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ । त्यस्तै महाराष्ट्रमा १२ हजार ८ सय ५४ को मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म एक लाख ९४ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै तमिलनाडुमा एक लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीन हजार २ सय ३२ जनाको मृत्यु भएको छ । तमिलनाडुमा एक लाख ३६ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै राजधानी दिल्लीमा एक लाख २७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा कोरोना संक्रमणबाट तीन हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये एक लाख ९ हजारभन्दा बढी निको भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes