कोरोना भाइरस समुदायमा फैलिएको आशंका, यकिन गर्नका लागि थप परीक्षण र अनुसन्धान हुदै - Pahilo Online

कोरोना भाइरस समुदायमा फैलिएको आशंका, यकिन गर्नका लागि थप परीक्षण र अनुसन्धान हुदै

writer

काठमाण्डौ । देशमा लकडाउन खल्ला भईसकेका अवस्थामा विभिन्न ठाउँमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका गरिएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले कोरोना भाइरस समुदायमा फैलिएको जस्तो देखिएको बताएका छन् बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले लकडाउनपछि बाँकेमा समुदाय स्तरमा सङ्क्रमण बढेको बताए ।

यस्तै पर्साको विरगञ्जमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै निषेधाज्ञा जारी भयो । यसरी लकडाउन अन्त्य भएको घोषणा सँगै विभिन्न ठाउँमा समुदायमा कोरोना देखिएको प्रदेश तथा जिल्ला तहका अधिकारीहरुले नै बताउन थालेका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने सङ्क्रमण फैलिएको संकेत देखिए पनि पुष्टि गर्ने आधार नभएको बताउछन् । उनले समुदायमा कोरोना फैलिएको वा नफैलिएको यकिन गर्नका लागि थप परीक्षण र अनुसन्धान भैरहेको बताए ।

बारा, पर्सा, सप्तरी लगायत प्रदेश २ का विभिन्न जिल्लामा कतै यात्रा नगरेका वा सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्तिमा पनि सङ्क्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । सरकारले काठमाण्डौ उपत्यका सहित विभिन्न ठाउँमा समुदायस्तरमा परीक्षण शुरु गरेको भए पनि अहिले विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणलाई प्राथामिकता दिएको छ । जनस्वास्थ्य बिद्हरुले भने समुदायमा कोरोना फैलिन थालेको हुन सक्ने भन्दै तत्कालै परीक्षण बढाएर स्थिति पत्ता लगाइ योजना बनाउन आग्रह गरेका छन् । यदि समुदायमा फैलिएमा रोकथाम र उपचारमा कठिनाइ हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes