उडिनेजेसँग २–१ युभेन्ट्स पराजित, उपाधिका लागि कुर्नुपर्ने - Pahilo Online

उडिनेजेसँग २–१ युभेन्ट्स पराजित, उपाधिका लागि कुर्नुपर्ने

writer

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्स पराजित भएको छ । उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २–१ गोल अन्तरले पराजित भएको हो । उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो ।

खेलको ४२ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा इलिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २–१ को जित दिलाए । उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि युभेन्ट्सलाई ३ अंकको आवश्यकता रहेको छ । उडिनेजेलाई हराउँन सकेको भए युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्ने थियो । तर, युभेन्ट्सले च्याम्पियन बन्ने मौका गुमाएको छ ।

युभेन्ट्स लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्ने संघारमा रहेको छ । युभेन्ट्सले सन् २०११, १२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ । यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६ औं सिरी ’ए’ उपाधि हात पार्नेछ । घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes