लिभरपुललाई प्रिमियर लिगको उपाधि - Pahilo Online

लिभरपुललाई प्रिमियर लिगको उपाधि

writer

च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई ५–३ ले हराएको छ । सिजनको ३७ औँ खेलमा चेल्सीमाथि ५–३ को जित निकाल्दै लिरभपुलले आफ्नै मैदान एन्फिल्डमा प्रिमियर लिगको ट्रफी उचाल्यो ।

खेलको पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल थप्यो । उसका लागि नाबी केइता, ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड, जर्जिनिओ वहाल्दम, रोबर्टो फर्मिनो र अलेक्स एक्सलेड चेम्बरलिनले एक एक गोल गरे । पराजित टोली चेल्सीका लागि ओलिभर जिरु, ट्यामी अब्राहम र क्रिष्चियन पुलिसिकले एक एक गोल गरे । यसअघि नैं उपाधि जितिसकेको लिभरपुलले हिजोको जितपछि ट्रफी उचालेको छ ।

लिगमा एक खेल बाँकी छँदा लिभरपुलको ९६ अंक भएको छ । पराजित भएको चेल्सी ६३ अंकसहित चौथो स्थानमा झरेको छ । हिजोको अर्को खेलमा वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

चेल्सी र म्यान्चेस्टर युनाईटेडको समान ६३ अंक भएपनि गोल अन्तरको आधारमा चेल्सी चौथो स्थानमा झरेको हो । लिगको अन्तिम खेलमा म्यान्चेस्टर युनाईटेडले लेष्टर सिटीसँग खेल्दा चेल्सीको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes