कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी - Pahilo Online

कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

writer

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा असोज महिनामा गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिमका कारण परीक्षा हुने र नहुने अन्योल थियो । तर सरकारले मङ्गलबार रातिदेखि लकडाउन हटाउँदै भदौ १ गतेदेखि परीक्षा गर्न पाउने बाटो खुलाएपछि १२ कक्षाको तयारी भएको हो । तर असोज महिनामा गरिने भनिए पनि दिन भने तोकिएको छैन ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा कसरी गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको र शिक्षा मन्त्रालयको स्वीकृति पाउनासाथ दिन तोकिने जानकारी दिनुभयो । १२ कक्षाको परीक्षामा चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् । यस्तै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा हुने निश्चित भएकाले तयारी थाल्न विद्यार्थीलाई आग्रह गर्नु भएको छ । उनले सुरक्षा सावधानी अपनाइने हुँदा ढुक्क हुन पनि विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes