संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो, १५ प्रतिशतले त्यागे धार्मिक विश्वास - Pahilo Online

संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो, १५ प्रतिशतले त्यागे धार्मिक विश्वास

writer

काठमाडौं । आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव सृजित युद्ध जस्ता घटनाले संसारको जनसंख्यामाथि खतरा आउने गरेको छ ।

वर्ल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । यस वर्ष ४२ करोड ८० लाख बढीको जन्म हुँदा ३० करोड ९७ लाख व्यक्तिको मृत्यु भएको छ । सबैभन्दा बढी जनसंख्या चीनमा १ अर्ब ४३ करोड ९४ लाख, भारत १ अर्ब ३८ करोड ४ लाख, अमेरिका ३३ करोड १० लाख, इण्डोनेशिया २७ करोड ३६ लाख, पाकिस्तान २२ करोड १० लाखभन्दा बढी जनसंख्या रहेको छ ।

यसैगरी दश बढी जनसंख्या रहेका थप देशमा ब्राजिल २१ करोड २६ लाख, नाइजेरिया २० करोड ६२ लाख, बंगलादेश १६ करोड ४७ लाख, रुस १४ करोड ५९ लाख तथा मेक्सिको १२ करोड ८९ लाख रहेको छ । क्षेत्रगत रुपमा एशिया ४ अर्ब ६४ करोड १० लाख, अफ्रिका १ अर्ब ३४ करोड, यूरोप ७४ करोड ७६ लाख, ल्याटिन अमेरिका ६५ करोड ३९ लाख, उत्तर अमेरिका ३६ करोड ८८ लाख, ओसिनीया ४ करोड २६ लाख रहेको छ ।

धर्मगत आधारमा हेर्दा क्रिष्चियन धर्मावलम्बी ३१ प्रतिशत अर्थात् २ अर्ब १७ करोडभन्दा बढी रहेको छ । जसमा यस धर्मको हाँगाको ५० प्रतिशत क्याथोलिक, ३७ प्रतिशत प्रोटेष्ट्यान्ट, १२ प्रतिशत अर्थोडक्स र १ प्रतिशत अरु रहेका छन् । मुस्लिम धर्मावलम्बी २३ प्रतिशत अर्थात् १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । जसमा झण्डै ९० प्रतिशत सुन्नी, १० प्रतिशत शिया रहेका छन् ।

कुनै धर्मप्रति विश्वास नराख्नेहरुको संख्या १६ प्रतिशत अर्थात् १ अर्ब १२ करोडभन्दा बढी रहेको छ । जसमा नास्तिक, कुनै धर्ममा विश्वास नराख्नेहरु छन् । संयुक्त राज्य अमेरिका २० प्रतिशत कुनै धर्ममा आस्था राख्दैनन् । हिन्दू धर्मावलम्बी १५ प्रतिशत अर्थात् १ अर्ब ३ करोडभन्दा बढी रहेका छन् । जसमा ९४ प्रतिशत भारतमा बस्ने गर्दछन्, बाँकी नेपाललगायतका देशमा बस्ने गर्दछन् ।

बौद्ध धर्मावलम्बी ७ प्रतिशत अर्थात् ४८ करोड ७५ लाखभन्दा बढी रहेका छन् । जसमा ५० प्रतिशतभन्दा बढी चीनमा बस्दछन् । आदिवासीलगायत ६ प्रतिशत अर्थात् ४० करोड ५१ लाखभन्दा बढी रहेका छन् । अन्य धर्मावलम्बीमा १ प्रतिशत अर्थात् ५ करोड ८१ लाख रहेका छन् । जसमा बहाई, ताओ, जैन, शिखलगायतका धर्मावलम्बी पर्दछन् । यसैगरी ०.२ प्रतिशत अर्थात् १ करोड ३८ लाख जूज छन् । यी मध्ये अधिकंश अमेरिका र इजरायलमा बस्दछन् ।

विश्व जनसंख्याको सूचीमा नेपाल ४९ औं ठूलो मुलुकमा पर्दछ । नेपालको जनसंख्खा हालै तीन करोड नाघेको छ । अहिलेको जनसंख्या वृद्धिदरलाई आंकलन गर्दा आउँदो दशक अर्थात् सन् २०३० मा ८ अर्ब ५४ करोडभन्दा बढी, सन् २०४० मा ९ अर्ब १९ करोडभन्दा बढी, सन् २०५० मा ९ अर्ब ७३ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

अर्को शताब्दी अर्थात् सन् २१०० मा विश्वमा १० अर्ब ८७ करोड जनसंख्या पुग्ने पनि बर्ल्डोमिटर डट इन्फोले जनाएको छ । जनसंख्या वृद्धिदर १ दशमलव शून्य ५ प्रतिशत रहेको छ । सबैभन्दा बढी १९६० मा २ प्रतिशत पुगेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes