साउदीले आप्रवासी श्रमिकलाई थप तीन महिना भिसाको म्याद थपिदिने - Pahilo Online

साउदीले आप्रवासी श्रमिकलाई थप तीन महिना भिसाको म्याद थपिदिने

writer

काठमाण्डौ । साउदीले आप्रवासी श्रमिकका विभिन्न प्रकारका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ ।कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मिनिस्ट्री अफ इन्टेरियरले जनाएको छ । यो नियमका लागि साउदीका राजाले अनुमति दिइसकेको मन्त्रालयको भनाइलाई उद्धृत गर्दै अरब न्युजले खबर लेखेको छ ।

यस्तै साउदीले बिदामा रहेका आप्रवासी श्रमिकका लागि पनि यो नियम लागू हुने जनाएको छ । कोरोनाको कारण साउदी प्रवेशमा रोक लगाएको अवधिमा भिसाको म्याद सकिएको भएमा थप तीन महिना कुनै शुल्कबिनै म्याद थप हुने साउदीले जनाएको छ । यो नियम पर्यटक भिसामा रहेकाहरुलाई पनि लागू हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes