जापानमा बाढी र पहिरोमा परी १५ को मृत्यु - Pahilo Online

जापानमा बाढी र पहिरोमा परी १५ को मृत्यु

writer

काठमाडौं । जापानमा भारी बर्षापछी आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । नौ जना हराइरहेका छन् । जापानको क्युसु द्धीप र कुमामोटो प्रान्त वरिपरिका लाखौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ ।

यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको जानकारी दिंदै सबै नागरिकहरुलाई सचेत रहन अपील गरेका छन् । बाढी पहिरोका कारण हजारौं घर डुबानमा परेका छन् ।

सयौंको संख्यामा सवारीसाधनहरु पुरिएका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ । जापानी सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी जारी राखेको छ । बिजुली आपूर्ती बन्द हुँदा जापानका अधिकांश शहर अन्धरकारमय भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes