लिभरपुल ३० वर्षपछि इंग्लिस प्रिमियर लिग च्याम्पियन - Pahilo Online

लिभरपुल ३० वर्षपछि इंग्लिस प्रिमियर लिग च्याम्पियन

writer

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २(१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो । घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए ।

चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।यस अघि लिभरपुलले सन् १९८९र९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो । लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो ।

तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो ।यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो ।चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । साविकको विजेता समेत रहेको सिटीको ६३ अंक रहेको छ । लिभरपुलको ८३ अंक रहेको छ । यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ । जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुललाई उपविजेता बनाएको थियो । यस्तै च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles