विश्वकप छनोटको तयारीबारे नेपाली राष्ट्रिय टिमको छलफल - Pahilo Online

विश्वकप छनोटको तयारीबारे नेपाली राष्ट्रिय टिमको छलफल

writer

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारीबारे छलफल गरेको छ। भिडियो कन्फरेन्सको माध्यमबाट राष्ट्रिय टिमका खेलाडीले शुक्रबार घरेलु खेलबारे छलफल गरेको हो । छलफलमा राष्ट्रिय टिमका खेलाडीहरु, मुख्य प्रशिक्षक योहान कालिन, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फाका पदाधिकारीहरु सहभागी रहेका थिए ।

विश्वकप र एसियन कप छनोट अन्तर्गतका बाँकी खेल नेपालले घरेलु मैदानमा खेल्दैछ । एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ । एन्फाले टिमको प्रशिक्षण जुलाई दोस्रो साताबाट गर्ने निर्णय गरिसकेको छ । कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट टिमको प्रशिक्षण रोकिएको थियो ।

छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो । छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes