महानायक राजेश हमालको आज जन्मदिन - Pahilo Online

महानायक राजेश हमालको आज जन्मदिन

writer

मोरङ । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालको आज मंगलबार जन्मदिन हो । उनी ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हुन् । पिता चुडाबहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनी आजबाट ५६ वर्ष पुगेका छन् ।

उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछन् । २०४८ सालमा ‘युगदेखि युगसम्म’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेर तीन दशकदेखि फिल्म क्षेत्रमा सक्रिय रहेका राजेश हमालले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

धेरै नायिकाहरूसँग नाम जोडिएपनि उनले ५० वर्षको उमेरमा आफ्नी प्रेमिका मधु भट्टराईसँग विवाह गरेका थिए । उनी अभिनित पछिल्लो फिल्म ‘शकुन्तला’ हो । यसपछि धेरै फिल्महरूबाट अफर आएपनि हालसम्म कुनै फिल्ममा अनुबन्धित भएका छैनन् ।

उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरूले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनी आफैले आफ्नो सामाजिक सञ्जालमा फोटो सेयर गर्दै साथीहरूबाट पाएको आशिर्वादका साथ आजको दिन विशेष रहेको लेखेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes