एन्फाबाट एक रुपैयाँ नलिएको खेलकुद मन्त्री विश्वकर्माको दाबी - Pahilo Online

एन्फाबाट एक रुपैयाँ नलिएको खेलकुद मन्त्री विश्वकर्माको दाबी

writer

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट एक रुपैयाँ नलगेको स्पष्ट पारेका छन् । संघीय संसदमा बिनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् ।

संसद बैठकमा बिनियोजित बजेटमाथिको छलफलमा भाग लिदै सांसद प्रदीप यादवले एन्फाले खेलुकद मन्त्रीलाई माया गरेर १७ करोड रुपैयाँ दिएको आरोप लगाएका थिए । सांसद यादवले लगाएको आरोपको जवाफ दिदै मन्त्री विश्वकर्माले आफुमाथि लगाईएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिए ।

सांसदले जुन शब्द उच्चार गर्नुभएको छ । जुन अभिब्यक्ति दिनुभएको छ । यदी त्यसो हो भने आरोप पुष्टि गर्न चुनौती दिन्छु । प्रामाणित गरेर देखाउन चुनौती दिन्छु । आशय अर्कौ थियो भने प्रष्ट बनाउन अनुरोध गर्छु । उनले भने ।

मन्त्री विश्वकर्माले आफुमाथि लगाएको आरोप गम्भिर भएको बताउँदै संसदको रेकर्डबाट सो अभिब्यक्ती हटाउन माग गरेका छन् । उनले एन्फाले पोखराको भेडाबारीमा बनाउन खोजेको बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टरको बिषयमा आफुले अनौपचारिक जानकारी पाएको भन्दै सो परियोजना निर्माणमा आफ्नो संलग्नता नभएको बताए ।

उनले निष्ठा र कर्तब्यका साथ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको दाबी गर्दै आफुलाई एन्फाले मात्र नभएर सम्पुर्ण खेलकुद क्षेत्रले माया गर्ने गरेको उल्लेख गरेका छन् । खेलकुद मन्त्री विश्वकर्माले एन्फा अध्यक्षले दिएको अभिब्यक्तीको बिषय आफुलाई जानकारी नभएको पनि बताएका छन् । उनले अनावश्यक बिषयमा मन्त्रीलाई विवादमा तान्न खोज्नु उचित नहुने बताए ।

‘एन्फा अध्यक्ष कर्मा जिले के बोल्नु भो, मलाई जानकारी छैन । के अन्तरवार्ता दिनुभयो, के भन्नु भयो, मलाई थाहा छैन । कता कताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्नु खोज्नु उचित हुन सक्दैन ।’ उनले भने । मन्त्री विश्वकर्माले प्रमाणका आधारमा दोषी भेटिए दण्डित गर्ने उल्लेख गर्दै ब्यक्तिको अनुहार हेरेर मन्त्रालयमा कुनै काम नहुने प्रष्ट पारे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes