बेलायती कम्पनीले कोभिड–१९ को सम्भावित खोपको उत्पादन थाल्यो - Pahilo Online

बेलायती कम्पनीले कोभिड–१९ को सम्भावित खोपको उत्पादन थाल्यो

writer

एजेन्सी । बेलायती औषधि उत्पादन कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थालेको जनाएको छ । ब्रिटिश औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड –१९ को रोकथामका लागि तयार पारिएको सम्भावित खोपको उत्पादन शुरु गरेको हो ।

यद्यपि, यो खोप अहिलसम्म पहिलो चरणको परीक्षणमा मात्र सफल भएको हो । कम्पनीले अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकसँग मिलेर यस खोपको विकास गरेका हुन् । कम्पनीका मालिक पास्कल सोरिअटले बीबीसीसँग भने, ‘यो खोप सबै परीक्षणमा सफल हुने वित्तिकै माग धेरै नै बढ्ने र आपूर्ति सहज होस् भन्नका लागि आवश्यक सबै सामग्री तयारी अवस्थामा राख्नुपर्ने हुन्छ।’

दुई अरबभन्दा बढी डोजका खोप आपूर्तिको लागि आफूहरु सक्षम रहेको पनि एस्ट्राजेनेका कम्पनीले जनाएको छ । खोपको प्रभाव पुष्टि नभए यसले पार्ने आर्थिक असरबारे आफूहरुलाई राम्रै जानकारी रहेको पनि सोरिअटले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes