रुकुममा दलित युवाहरुको हत्याविरुद्ध दमकमा दलित अगुवाहरुको प्रदर्शन - Pahilo Online

रुकुममा दलित युवाहरुको हत्याविरुद्ध दमकमा दलित अगुवाहरुको प्रदर्शन

writer

झापा । रुकुमपश्चिमको चौरजहारीमा अन्तरजातीय विवाहका कारण दलित समुदायका नवराज विश्वकर्मा लगायत ६ जना युवाको हत्या गरिएको भन्दै झापाका दलित अगुवाहरुले प्रदर्शन गरेका छन्। विभिन्न संघ संस्थाका प्रतिनिधि तथा दलित अगुवाहरुको अगुवाईमा दमकमा लकडाउन छिचोल्दै प्रदर्शन गरिएको हो। जुलुशमा सहभागीहरुले जातिय विभेदका आधारमा जघन्य अपराध भएको भन्दै संलग्न सवैलाई हदै सम्मको कारवहीको माग गरे। जुलुशपछि दमकको गणतन्त्र चोकमा भएको कोण सभामा नेपाल मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा. केपी सुवेदी, नेपाल मानवअधिकार प्रतिष्ठान झापाका अध्यक्ष डा. नवीन चापागाँई, दमक नगरपालिका कार्यपालिका सदस्य टीकाराम बयलकोटी, नगरपालिका न्यायीक समिति सदस्य मीना विश्वकर्मा, दलित अगुवा हरी दर्जी लगायतले बोलेका थिए।

उनीहरुले कानुनीरुपमा दण्डनीय र मानवीयरुपमा कलंकित जातिय विभेद गरि दलित युवाहरुको सामूहिक हत्या हुँदा पनि छानविन प्रकृया सुस्त भएको भन्दै आक्रोश पोखे। कांशी खातीको सयोजकत्वमा नवराज विश्वकर्मा हत्याविरुद्ध संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रिएका हुन्। जुलुश र कोणसभापछि प्रदर्शनका अगुवाहरुले ईलाका प्रशासन कार्यालय दमकमा पुगेर गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्। समितिले ५ सुत्रीय माग अघि सार्दै संसदीय छानविन समिति गठन, पीडित परिवारलाई न्याय र राहत, भयमुक्त समाजको निर्माण तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको कार्यान्वयन गर्न माग गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes