युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन - Pahilo Online

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन

writer

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको बिहिबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७५, ७६ मा सरकारले ४ अर्ब १८ करोड रुपैयाँ बजेट मन्त्रालयलाई विनियोजन गरेको थियो । अर्थमन्त्री खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले सबै स्थानीय तहमा खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिदै नवौं राष्ट्रिय खेलुकदका लागि गण्डकी प्रदेश, कर्णाली प्रदेश, उच्च पर्वतीय खेलकुद केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रंगशाला निर्माणमा समेत बजेट विनियोजन गरिएको बताएको छ ।

सरकारले कोरोनाका कारण यस वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ६३ करोडको सिलिङ तोकेको थियो । कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले तोकिएको सिलिङमा समेत १५ प्रतिशत बजेट कम गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो । कम्तिमा अघिल्लो आर्थिक बर्षकै बजेट खेलकुदमा राख्नुपर्ने माग गर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लबिङ गरेका थिए थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes